विश्वकप लिग-२ : क्यानडासँग नेपालको दोस्रो भिडन्त आज

हिमाल प्रेस ६ असोज २०८१ ९:१८ | Sunday, September 22, 2024
विश्वकप लिग-२ : क्यानडासँग नेपालको दोस्रो भिडन्त आज

काठमाडौँ- विश्वकप लिग-२ अन्तर्गत क्यानडामा जारी त्रिकोणात्मक ओडीआई सिरिजको तेस्रो खेलमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दैछ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ।

लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा छ। पहिलो खेलमा क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो। जारी सिरिजमा नेपाल लयमा देखिएको छैन।

क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो। ओमान विरुद्धको खेलमा प्रशिक्षक मोन्टी देसाईले टिममा तीन परिवर्तन गरे। तर, नेपालले सो खेलमा पनि जित दर्ज गर्न सकेन।

पहिलो खेलमा लिग २ मा क्यानडासँग भोगेको लज्जास्पद हारको बदला लिनुपर्ने दबाबसँगै चुनौती नेपाललाई रहेको छ। किनकी ६ खेलमा नेपालले मात्र एक खेल जितेर २ अंक मात्र बनाएको छ।

प्रकाशित: ६ असोज २०८१ ९:१८ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast