विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

हिमाल प्रेस १० असोज २०८१ १६:५४ | Thursday, September 26, 2024
विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ –  देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु. २१ खर्ब पुगेको छ। नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु. २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो। यो विवरण गत साउन मसान्तसम्मको हो।

गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति रु. २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो। त्यसमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई रु. २० खर्ब ९२ अर्ब २२ करोड बराबर पुगेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा दुई प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड बराबर पुगेको छ।

विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु. १८ खर्ब ८३ अर्ब ४२ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्राको सञ्चिति रु. दुई खर्ब आठ अर्ब ७९ करोड छ।

चालु आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६ दशमलव सात महिनाको वस्तु आयात र १३ दशमलव पाँच महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ।

प्रकाशित: १० असोज २०८१ १६:५४ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast