राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी

हिमाल प्रेस ८ असोज २०८१ १६:३८ | Tuesday, September 24, 2024
राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी

काठमाडौँ- राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपका लागि ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

महिला साफ च्याम्पियनसिपको सातौं संस्करण कार्तिक १ देखि १४ गतेसम्म नेपालले आयोजना गर्दैछ। प्रतियोगिताको समूह ‘ए’ मा भारत, साविक विजेता बंगलादेश र पाकिस्तान तथा समूह ‘बी’ मा नेपाल भुटान, श्रीलंका र माल्दिभ्स छन्।

नेपालले कार्तिक २ मा भुटानसँग खेल्दै प्रतियोगिताको  सुरुवात गर्नेछ। यसैगरी नेपालले कार्तिक ५ मा माल्दिभ्स र कार्तिक ८ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

अन्जिला तुम्बापोसुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राना, सावित्रा भण्डारी, रेखा पौडेल, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हीरा भुजेल, प्रतिकचौधरी, रेनुका नगरकोटे, प्रीति राई, सविता रानामगर, सरु लिम्बु अनिता बस्नेत, अमिशा कार्की, विमला चौधरी, रश्मी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, शुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लीला जोशी, सुशीला चौधरी, कुश्मा राई, सुनिता भुलान

प्रकाशित: ८ असोज २०८१ १६:३८ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast