 
                             
                                            काठमाडौँ- बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ।
प्रहरीका अनुसार काठमाडौँदेखि रुकुमपूर्व जाँदै गरेको रा १ झ २०० नम्बरको जीप दुर्घटनामा बुढासहित दुई महिला र एक पुरुषको मृत्यु भएको हो। मृतक अर्की महिला र पुरुषको पहिचान खुलेको छैन।
बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार दुर्घटनामा एक पुरुष घाइते भएका छन्। घाइतेलाई धौलागिरि अस्पतालमा उपचारका लागि लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।
                            प्रकाशित: २८ भदौ  २०८१ १२:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 