बलुचिस्तानमा बन्दुकधारी समूहले गरे सात मजदुरको हत्या

हिमाल प्रेस १३ असोज २०८१ १९:१६ | Sunday, September 29, 2024
बलुचिस्तानमा बन्दुकधारी समूहले गरे सात मजदुरको हत्या

क्वेटा (रासस/एएफपी)- पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सशस्त्र समूहले सात जना मजदुरको गोली हानी हत्या गरेको प्रहरीले आइतबार जनाएको छ। पञ्जाब प्रान्तबाट कामका लागि बलुचिस्तान प्रान्त गएका मजदुरमाथि पञ्जगुर जिल्लामा रहेको एक घरमा राति आक्रमण भएको थियो।

प्रान्तीय राजधानी क्वेटास्थित बलुचिस्तान प्रहरीका प्रमुख मोअज्जम जाह अन्सारीले भने, ‘सात जना मजदुरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।’

रातभरको आक्रमणका क्रममा लडाकूहरूले राजमार्गमा कार रोकेर छिमेकी प्रान्तबाट आएकाहरूको हत्या गरेका थिए।

गत अप्रिलमा नौश्की सहरमा बसबाट अपहरणमा परेका ११ जना पञ्जाबी मजदुरको मृत्यु भएको थियो। गत मे महिनामा हजामका रूपमा काम गर्ने ६ जना पञ्जाबीलाई गोली हानी हत्या गरिएको थियो।

सन् २०२१ मा छिमेकी मुलुक अफगानिस्तानमा तालिबान सरकार सत्तामा फर्केपछि पाकिस्तानको सीमावर्ती क्षेत्रमा आतंकवादी आक्रमणमा वृद्धि भएको छ।

प्रकाशित: १३ असोज २०८१ १९:१६ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast