‘फिरफिरे फिरिरी’ कात्तिक २२ मा प्रदर्शन

हिमाल प्रेस ७ असोज २०८१ १४:३० | Monday, September 23, 2024
‘फिरफिरे फिरिरी’ कात्तिक २२ मा प्रदर्शन

काठमाडौँ- हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन्।

पोस्टरमा चारजना पात्र छन्। स्कुटीमा बसिरहेकी एक युवतीलाई तीन जना युवाले तानातान गरिरहेको देखिन्छ। पहेलो रंगले हाईलाइट गरिेएको फिल्मको नामसहितको पोस्टरमा ‘आज साईकल…भोली फरारी…’ को स्लोगन पनि छ। नवीन भट्टको निर्देशनमा बनेको फिल्म आगामी कात्तिक २२ मा प्रदर्शन हुने घोषणा गरिएको छ। फिल्म सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखनमा बनेको छ।

मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय छ। सन्दीप र भावनाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

फिल्म जितु तामाङको छायांकन, अनन्त घिमिरेको सम्पादन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त शिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइनमा बनेको छ।

बिन्दबासिनी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता मनोज कुमार अधिकारी हुन्। उनी करिब १५ वर्षपछि फिल्म निर्माणमा फर्किएका हुन्। उनले यसअघि ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ गरेका थिए।

प्रकाशित: ७ असोज २०८१ १४:३० | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast