पोखरामा पर्यटन मन्त्रीहरू भेला हुँदै

हिमाल प्रेस ८ असोज २०८१ १५:३२ | Tuesday, September 24, 2024
पोखरामा पर्यटन मन्त्रीहरू भेला हुँदै पोखराको फेवाताल। फाइल तस्बिर

गण्डकी- पर्यटनको राजधानी पोखरामा बुधबार सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरूको भेला हुने भएको छ। विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीहरूको भेला हुन लागेको हो। सङ्घीय मन्त्रीसहित सबै प्रदेशका मन्त्रीहरू आज साँझसम्म पोखरा आइपुग्ने गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए।

उनका अनुसार बुधबार बिहान नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटन मन्त्रीहरू सम्मिलित विषयगत समितिको बैठक बस्ने छ।

बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा सङ्घीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवम् पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उनले जानकारी दिए।

सङ्घीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने उक्त कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

प्रकाशित: ८ असोज २०८१ १५:३२ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast