पोखराको वडा कार्यालयमा भेटियो दुई लाखसहितको झोला, लिन कोही आएन

हिमाल प्रेस ७ असोज २०८१ १४:१४ | Monday, September 23, 2024
पोखराको वडा कार्यालयमा भेटियो दुई लाखसहितको झोला, लिन कोही आएन

पोखरा- पोखरा महानगरपालिका – १३ को कार्यालयमा २ लाख नगदसहित एक झोला भेटिएको छ। २ दिन बित्दासमेत झोला कसको हो भन्ने पत्ता लाग्न सकेको छैन।
कास्की प्रहरीले उक्त झोला आफ्नो हो भनी प्रमाण पुग्ने कागजातसहित सम्पर्कमा आउन सार्वजनिक सूचना नै जारी गरेको छ।

वडा अध्यक्ष किरण बराल भन्छन्, ‘हिजो (आइतबार) कार्यालय समय सकिएर घर जान लाग्दा ५ बजेतिर वडा सचिव अञ्जु गुरुङको सोफामा खैरो रङको झोला भेटिएको हो। झोला खोलेर हेर्दा २ लाख नगदसहित अन्य कागजात भेटियो। हामीहरूले तत्काल वडा प्रहरी कार्यालय रामबजारलाई खबर गरेका हौं। तर अहिलेसम्म सम्बन्धित व्यक्ति सम्पर्कमा आएका छैनन्।’

उनका अनुसार वडा कार्यालयले आइतबार कार्यालय आएका सेवाग्राहीहरूमध्ये फोन नम्बर उपलब्ध भएसम्म सबैलाई एकएक गरी फोन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको सार्वजनिक सूचनामा उक्त झोलामा २ लाख नगदसहित हाफ पाइन्ट १ थान, टिसर्ट १ थान, एक थान क्यामरा र मोटरसाइकलको चाबी छन्।

प्रकाशित: ७ असोज २०८१ १४:१४ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast