पहिरोमा ज्यान गुमाएका पाँच परिवारलाई दुई लाख ५० हजार प्रदान गरिने

हिमाल प्रेस २८ भदौ २०८१ ७:२७ | Friday, September 13, 2024
पहिरोमा ज्यान गुमाएका पाँच परिवारलाई दुई लाख ५० हजार प्रदान गरिने

गोरखा- धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार दुई लाख ५० हजार प्रदान गरिने भएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।

‘पहिरोमा ज्यान गुमाएकामध्ये एकै परिवारका तीनजनाको परिवारलाई एकमुष्ट पाँच लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय भएको छ’, उनले भने,‘रेशम गुरुङ र रमेश परियारको परिवारलाई दुई लाख ५० हजारका दरले राहत दिने निर्णय भएको छ।’

त्यसैगरी घाइते भएका दुई जनाको उपचार खर्च बेहोर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ। गत साउन १३ गते बिहान पहिरो खस्दा पाँच जनाको मृत्यु भएको थियो।

प्रकाशित: २८ भदौ २०८१ ७:२७ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast