निमा गिरी
लुम्बिनी – कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन्। सचेतक पदको काममा पार्टी हाबी भएको आरोप लगाउँदै उनले पदबाट राजीनामा दिएकी हुन्।
‘दलको सचेतकले पार्टीको विधानअनुसार अधिकार पाउनुपर्यो,’ उनले हिमालप्रेससँग भनिन्, ‘सचेतकको काम, क्षेत्राधिकार र निर्णय प्रक्रियामा पार्टी हाबी भयो हस्तक्षेप भयो।’
उनी मन्त्री हुने चाहनासहित लबिङमा थिइन्। तर, मन्त्रिपरिषद् विस्तार हुँदा महिला नपरेको भन्दै असन्तुष्ट पनि व्यक्त गर्दै आइरहेकी थिइन्। गिरी प्युठानबाट समानुपातिक सांसद हुन्।
प्रकाशित: ३१ भदौ २०८१ १८:१३ | Monday, September 16, 2024
प्रतिक्रिया





