दुर्घटनामा दुईजनाको मृत्यु

हिमाल प्रेस २ असोज २०८१ १५:४३ | Wednesday, September 18, 2024
दुर्घटनामा दुईजनाको मृत्यु

खाँदबारी (सङ्खुवासभा)- सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा आज टयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा प्रदेश १–०२००३ त १४३७  नम्बरको टयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ र सहचालक १७ वर्षीय उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

टयाक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो। नदीले बगाएको उक्त टयाक्टरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असोज २०८१ १५:४३ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast