त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

हिमाल प्रेस ८ असोज २०८१ ८:५२ | Tuesday, September 24, 2024
त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ।

त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ।

प्रकाशित सूचनामा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका २०५८ साल देखिका वार्षिक प्रणालीअन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परीक्षा सञ्चालन गर्ने भएको उल्लेख छ।

प्रकाशित: ८ असोज २०८१ ८:५२ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast