टाटाको ईभी पन्च एकैसाथ चार सहरमा बिक्री सुरु

हिमाल प्रेस २ असोज २०८१ १७:३३ | Wednesday, September 18, 2024
टाटाको ईभी पन्च एकैसाथ चार सहरमा बिक्री सुरु

काठमाडौँ- नेपालमा टाटाको पन्च ईभी एकैपटक चार सहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा भव्यताका साथ बिक्री सुरु भएको छ। धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकै दिन औपचारिक बिक्री सुरु गरिएको सिप्रदीले जनाएको छ।

पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए। भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो।

चितवनको कार्यक्रममा सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ थपलिया र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपाने सहभागी थिए।

टाटा पन्च ईभीको प्रारम्भिक मूल्य रु. ३३ लाख ९९ हजार तोकिएको छ। पन्च ईभीको उक्त भेरिएन्टमा भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदर रेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन्। यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि छ।

प्रकाशित: २ असोज २०८१ १७:३३ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast