जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

हिमाल प्रेस २९ भदौ २०८१ १९:४७ | Saturday, September 14, 2024
जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु तस्बिर स्रोत : विश्व स्वास्थ्य संगठन

काठमाडौँ- जापानिज इन्सेफ्लाइटिसको स‌ंक्रमणबाट १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले १४ जनाको मृत्यु भएको जानकारी दिएका हुन्।

डा. गौतमका अनुसार अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ। ती सबैको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो। उनले भदौ १५ देखि असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सजकता अपनाउन आग्रह गरेका छन्।

सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखिन्छ तर जापानिज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको ‘क्युलेक्स’ लामखुट्टेले पानी जम्ने र फुल पार्ने भएकाले असोज १५ गतेसम्म जोखिम नै रहेको डा गौतमको भनाइ छ।

धानखेतमा जम्मा हुने पानीमा ती प्रजातिका लामखुट्टेले फुल पार्ने र ती फुलबाट लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा सङ्क्रमण सार्दछन् र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग सार्ने गर्दछ।

‘क्युलेक्स’ लामखुट्टेले फोहर पानीमा फुल पार्ने गर्दछ। जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म लक्षण देखापर्ने डा. गौतमले बताए। सरकारले सन् २०१६ देखि जन्मेको १२ महिनाका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप दिँदै आएको छ।

सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिए पनि पछि जन्मेका सबै बालबालिकालाई उक्त संक्रमणबाट जोगाउन खोप दिँदै आएको छ। शाखा प्रमुख डा. गौतमले १२ महिनामा छुट भएका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने जानकारी दिए। रासस

प्रकाशित: २९ भदौ २०८१ १९:४७ | Saturday, September 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast