चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु

हिमाल प्रेस २७ भदौ २०८१ १२:५३ | Thursday, September 12, 2024
चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु संसदीय सुनुवाइ समितिको बैठक। फाइल तस्बिर।

काठमाडौँ- संघीय संसद् संसदीय सुनुवाइ समितिमा आज विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ। स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपालले नेपाल र स्पेनबीचको सम्बन्ध, विश्व मञ्चमा दुई देशको भूमिकालगायतका बारेमा आफ्नो प्रस्तुति दिएका थिए।

उनले आफू प्रस्तावित मुलुकमा राजदूतका रुपमा काम गर्ने अवसर पाएको खण्डमा आर्थिक कुटनीतिका अलावा श्रम कुटनीतिलाई पनि उत्तिकै महत्त्व दिने बताए। त्यसैगरी  बेलायत, अमेरिका, श्रीलंकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुँदैछ।

गत साउन १४ को मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो। सरकारले भारतका लागि डा.शंकरप्रसाद शर्मा, चीनका लागि डा.कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा.शैल रुपाखेती, इजरायलका लागि प्रा.धनप्रसाद पण्डित, मलेसियाका लागि डा.नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको थियो।

त्यस्तै पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासंघका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा.कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा.शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलंका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस भएका थिए।

प्रकाशित: २७ भदौ २०८१ १२:५३ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast