चतरा क्षेत्रमा कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : प्रचण्ड

हिमाल प्रेस २४ भदौ २०८१ २१:०९ | Monday, September 9, 2024
चतरा क्षेत्रमा कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्छ : प्रचण्ड

सुनसरी- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चतरा क्षेत्रमा कोशी नदीमा आधारित पर्यटनको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

आज (सोमबार) उदयपुरको बेलका नगरपालिकास्थित वरपिपल माध्यमिक विद्यालय कमलाबारीको शैक्षिक भवनको उद्घाटन गर्दै उनले कोशी नदी किनारमा पर्यटनको सम्भावना रहेको उल्लेख गरे।

उनले त्यस क्षेत्रमा उद्योग व्यवसायको उत्तिकै सम्भावना रहेकाले समग्र विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘हुन त म अहिले प्रधानमन्त्री छैन, तर पनि विपक्षी दलको नेता भएकाले आफूले गर्ने सहयोगको ठाउँहरू अहिले पनि भएकाले सुनसरीको बराहक्षेत्र चतरा कोशी आसपासमा पर्यटन प्रवर्द्धनको विकासमा सक्दो सहयोग गर्नेछु,’ उनले भने।

प्रकाशित: २४ भदौ २०८१ २१:०९ | Monday, September 9, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast