गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

हिमाल प्रेस १२ असोज २०८१ १०:०४
गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक रमेश लेखक।

काठमाडौँ– गृहमन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ। मन्त्रालयका अनुसार बिहान १०ः३० बजेका लागि बैठक बोलाइएको हो।

दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।

मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन्। बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुनेछ।

प्रकाशित: १२ असोज २०८१ १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast