गरिबीको चपेटामा विदेशिने युवाको कथा ‘साइँला दाइ’ (भिडियोसहित)

हिमाल प्रेस ३० भदौ २०८१ १२:०० | Sunday, September 15, 2024
गरिबीको चपेटामा विदेशिने युवाको कथा ‘साइँला दाइ’ (भिडियोसहित)

काठमाडौँ- पत्नी तरकारी केलाइरहेकी छन्। पति मुढा बिसाएर गम्भीर हुँदै थचक्क पिँढीमा बस्छ। विदेश जाने योजनाबारे उनीहरू भलाकुसारी गर्छन्। गरिबीले व्यवहार चलाउन धौँधौँ परेको र गाउँमा बुढाबुढी र बालबालिकामात्र भएको देशको वर्तमान चित्र गीतमा छ।

देशमा भएको व्यवस्थाले आशामात्र दिएको, मायालेमात्र घरको चुल्हो नबल्ने भन्दै परिवार छोडेर परदेशिन बाध्य युवापुस्ताको अवस्था,बाँचुञ्जेल पिरैपिरको मानवीय जीवन अन्तिममा घाटकै तीर हुने यथार्थ जीवन समेटिएको छ,‘साइँला दाइ’ बोलको गीतमा।

गीतमा शम्भु रैका र प्रेरणा विश्वकर्माको स्वर छ। शिवराज योगीको शब्द रहेको गीतमा भिम बिसीले संगीत भरेका छन्। कुमार राणाले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा विश्व अधिकारीको संगीत संयोजन छ। गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो।

प्रकाश खड्का एण्ड टिमले छायांकन गरेको गीतको भिडियोमा कृष्ण बम र निरुता बिष्टको कारुणिक अभिनय छ। विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियो मिन रावलको सम्पादनमा बनेको छ।

हरिभक्त बुढाथोकीको प्रस्तुति रहेको गीत उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

यस्ताे छ गीत

प्रकाशित: ३० भदौ २०८१ १२:०० | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast