कोलम्बो आर्ट एक्स्पोमा सुमनले प्रदर्शन गरे मिथिला चित्रकला

हिमाल प्रेस २७ भदौ २०८१ १८:५६ | Thursday, September 12, 2024
कोलम्बो आर्ट एक्स्पोमा सुमनले प्रदर्शन गरे मिथिला चित्रकला

काठमाडौँ- चित्रकार एससी सुमन श्रीलंकामा भइरहेको ‘कोलम्बो आर्ट एक्स्पो-२०२४’ सहभागी भएका छन्।

अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनीमा सहभागी भएका सुमनले मिथिला चित्रकला प्रदर्शन गरेका छन्। उनको कलामा मिथिला संस्कृतिसँगै इतिहास, मानव सभ्यता, प्रकृति, राजनीतिदेखि ब्रहमाण्ड जगतको भाव समेटिएको छ।

एक्स्पोमा सहभागी कलाकार सुमनका अनुसार अन्तर्राष्ट्रियस्तरमा कला प्रदर्शनीमा सहभागी हुँदा एकअर्काको कलासंस्कृति अनुशरण गर्न पाइने बताए। एक्स्पोमा कला शिविर, कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरण पनि गरिएको उनले बताए।

‘सबै देशका कलाकार एकै ठाउँमा जम्मा हुँदा सिक्ने र सिकाउने मौका पाएका छौँ,’ उनले भने, ‘यो एक्स्पोको अर्थ पनि कलाको विश्वव्यापीकरण गर्नु र मित्रताको सन्देश दिनु हो।’

एक्स्पोमा आठ देशका ४० जना कलाकारको कला प्रदर्शनी गरिएको सुमनले जानकारी दिए। चार दशकदेखि मिथिला कलामा सक्रिय उनले बेलायत, चीन, श्रीलंकामा ४० पटकभन्दा बढी सामूहिक कला प्रदर्शन गरिसकेका छन्। नेदरल्याण्ड, अष्ट्रेलियाजस्ता देशमा १८ भन्दा बढी एकल प्रदर्शन गरेका छन्।

एनएसजी कलाकार समूह बंगलादेश, फ्याकल्टी अफ भिजुअल आर्ट र भिजुअल एण्ड पर्फमेन्स विश्वविद्यालय, श्रीलंकाको कला संकायको सहकार्यमा एक्स्पो आयोजना गरिएको हो।

एक्स्पोमा चित्रकला, मूर्तिकला, सिरामिक र प्रिन्टमेकिङलगायतका विधामा कला प्रदर्शन गरिएका छन्। सेप्टेम्बर ६ तारिखदेखि सुरु भएको उक्त अन्तर्राष्ट्रिय कला प्रदर्शनी सेप्टेम्बर १४ सम्म चल्नेछ। रासस

प्रकाशित: २७ भदौ २०८१ १८:५६ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast