कोरिया जान सीप र क्षमता परीक्षणमा आठ हजार उत्तीर्ण

हिमाल प्रेस ७ असोज २०८१ १०:४६ | Monday, September 23, 2024
कोरिया जान सीप र क्षमता परीक्षणमा आठ हजार उत्तीर्ण

काठमाडौँ- ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको दोस्रो चरणको कोरियन भाषा उत्तीर्ण गरी स्किल (सीप) र कम्पिटेन्सी टेस्ट (प्रतिस्पर्धी क्षमता परीक्षण) मा आठ हजार १५१ जना परीक्षार्थी पास भएका छन्।

कोरियाको मानव संशासन विभाग (एचआरडी)ले असोज ३ गते सीप परीक्षा उत्तीर्ण भएकाहरूको सूची दिएपछि नतिजा सार्वजनिक गरिएको ईपीएस शाखाले जनाएको छ।

गत भदौ १८ देखि २४ गतेसम्म सञ्चालन भएको स्किल तथा कम्पिटेन्सी टेस्टमा आठ हजार ९३२ जना सहभागी भएका थिए। शाखाले सीप परीक्षणमा उत्तीर्ण भएका सबैको नामावली वेबसाइटमा सार्वजनिक गरेको छ।

भाषा परीक्षापछि लिइने सीप परीक्षणमा उत्तीर्ण भएकालाई मात्र रोजगारीमा लैजाने सूचीमा राखी प्रक्रिया अगाडि बढाउने गरिएको शाखाले जनाएको छ।

रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियामा जीटूजी सम्झौताअनुसार इपिएस प्रणालीमार्फत नेपाली कामदार पठाउने व्यवस्था छ। उत्तीर्ण सबैको स्वास्थ्य परीक्षणलगायत अन्य विषयको जानकारी अर्को सूचनामार्फत जानकारी गराइने शाखाले जनाएको छ।

प्रकाशित: ७ असोज २०८१ १०:४६ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast