‘केटी हराएको सूचना’ को गीत ‘हेर्दै जाऊँ’

हिमाल प्रेस ७ असोज २०८१ ११:४९ | Monday, September 23, 2024
‘केटी हराएको सूचना’ को गीत ‘हेर्दै जाऊँ’

काठमाडौँ- फिल्म ‘केटी हराएको सूचना (मिसिङ)’ को पहिलो गीत ‘हेर्दै जाऊँ’ सार्वजनिक भएको छ। गीतमा रोहित जोन क्षेत्री र सितुसित बस्नेतले स्वर दिएका छन् भने गीतको शब्द र संगीत दीपेन्द्र गौचनको छ।

जिन्दगीको यात्रामा अचानक भेटिएका दुई पात्रबीचको सम्बन्ध र पुनर्मिलनको खुसीलाई गीतमा समेटिएको छ। भिडियोमा फिल्मका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेनको रोमान्टिक अभिनय छ। फिल्ममा अन्य कलाकार सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्रलगायतको अभिनय छ।

दीपेन्द्र गौचनले निर्देशन गरेको फिल्म आगामी कार्तिक ३० बाट प्रदर्शन हुनेछ। फिल्मको कथा निर्देशक गौचनलेनै लेखेका हुन्।

प्रकाशित: ७ असोज २०८१ ११:४९ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast