एनआईएमबी एस क्यापिटलको ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

हिमाल प्रेस २ असोज २०८१ १५:३५ | Wednesday, September 18, 2024
एनआईएमबी एस क्यापिटलको ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

काठमाडौँ- एनआईएमबी एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ। हिल्टन काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बिमा कम्पनीका प्रमुख कार्यकारी निर्देशकलगायत अन्य सरोकारवाला एवम् निर्णायक व्यक्तित्वहरुको उपस्थिति थियो।

कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित थियो। कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरबारे छलफल गरेका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्त्वलाई जोड दिई आफ्नो कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत गर्दै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको उदाउँदा अवसरहरूलाई प्रस्ट पारेका थिए।

मोटिभेसनल स्पिकर अतुलसत्य कौशिकले ‘भगवद्गीतामा आधारित नेतृत्व र व्यवस्थापनका पाठहरू’ शीर्षकमा मुख्य वक्तव्य दिँदै श्रोतालाई मन्त्रमुग्ध बनाएका थिए।

एनआईएमबी एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआइबिएल इक्विटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिस डेरिज, शिन्तामनी मुस्ताङ र फिक्कल टी एन्ड कफी जस्ता कम्पनीमा गरेको लगानीको सफलताबारेमा आकर्षक प्रस्तुति दिएका थिए।

एनआईएमबी एस क्यापिटल लिमिटेडका अध्यक्ष सचिन तिब्रेवालले प्राइभेट इक्विटीमा लगानीलाई विस्तार गर्ने एनआइबिएल इक्वीटी पार्टनर्सको प्रतिबद्धतामा जोड दिए।

प्रकाशित: २ असोज २०८१ १५:३५ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast