एक वर्षमा अख्तियारमा परे २७ हजार उजुरी

हिमाल प्रेस ३० भदौ २०८१ १६:५४ | Sunday, September 15, 2024
एक वर्षमा अख्तियारमा परे २७ हजार उजुरी

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक बर्षमा २६ हजार ९ सय १८ उजुरीहरू प्राप्त भएका छन्।  ३४ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले बिभिन्न माध्यमबाट २६ हजार बढि उजुरी प्राप्त भएको जनाएको हो।

अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ उजुरीहरू समेत गरि जम्मा कारबाही गर्नुपर्ने उजुरीको संख्या ३६ हजार १ सय ८६ मध्ये ७६ दशमलव ५९ अर्थात २७ हजार ७ सय १४ उजुरी प्रारम्भीक छानविनबाटै फछर्यौट भएको छ।

अख्तियारमा प्राप्त उजुरीमध्ये सवैभन्दा बढि संघीय मामिलासंग सम्बन्धीत ३८ दशमलव ९१ प्रतिशत रहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। गत आर्थिक बर्षको ८ हजार ४ सय ७२ उजुरी चालू आर्थिक बर्षमा जिम्मेवारी सरेर आएका छन्।

गत आर्थिक बर्षमा विशेष अदालतबाट २ सय ३३ वटा मुद्दाहरूको फैसला भएको छ भने ९२ वटाको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावदेन गरिएको उनले बताए।

त्यस्तै आयोगले मुद्दाबापत १५ सय ४५ जनालाई प्रतिवादी बनाउँदै ८ अर्ब ४० करोड ६ लाख ४९ हजार बिगो समेत मागदाबी भएको जनाएको छ। आयोगले भ्रष्टाचार हुनै नदिन निरोधात्मक र भ्रष्टाचारविरद्ध जागरण अभिवृद्धि गर्ने प्रवद्र्धनात्मक कार्यहरू सञ्चालन गर्दै आएको समेत जनाएको छ।

प्रकाशित: ३० भदौ २०८१ १६:५४ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast