असोजमा अधिकांश बैंकहरूले ब्याजदर घटाए

हिमाल प्रेस ३१ भदौ २०८१ १२:१२ | Monday, September 16, 2024
असोजमा अधिकांश बैंकहरूले ब्याजदर घटाए राष्ट्र बैंक

काठमाडौँ- अधिकांश वाणिज्य बैंकहरूले असोज महिनामा पनि ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा २० वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर भदौको तुलनामा असोजमा ०.१५ प्रतिशत विन्दुले घटेकको छ।

भदौमा बैंकको व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ६.५४ प्रतिशत रहेकोमा असोजमा ६.३९ प्रतिशतमा कायम गरिएको छ। वाणिज्य बैंकमध्ये एभरेष्ट, कुमारी, एनआईसी एसिया, सानिमा र सिटिजन्स बैंकले भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

असोजमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्टले ६ प्रतिशत, कुमारीले ६.०१ प्रतिशत, एनआईसी एसियाले ७.१८ प्रतिशत, सानिमाले ५.९० प्रतिशत र सिटिजन्स बैंकले ६.१५ प्रतिशत दिने भएका छन्।

भदौमा एभरेष्टले ६.१० प्रतिशत, कुमारीले ६.७१ प्रतिशत, एनआईसी एसियाले ७.४१ प्रतिशत, सानिमाले ६.२० प्रतिशत र सिटिजन्स बैंकले ६.५० प्रतिशत दिएका थिए।

यसैगरी नबिल, एनएमबि, प्राइम, नेपाल एसबीआई र राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। असोजमा नबिलले ६.७५ प्रतिशत, एनएमबिले ६.५० प्रतिशत, प्राइमले ६.२५ प्रतिशत, नेपाल एसबीआईले ६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

भदौमा नबिलले ७ प्रतिशत, एनएमबिले ७.४१ प्रतिशत, प्राइमले ६.७५ प्रतिशत, नेपाल एसबीआईले ६.२५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६.०७ प्रतिशत ब्याजदर तय गरेका थिए।

असोजका लागि नेपाल बैंक र कृषि विकास बैंकले भने व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर क्रमशः ५.९५ प्रतिशत र ६.०७ प्रतिशत दिने भएका छन्। भदौमा क्रमशः ५.२५ प्रतिशत र ६.०५ प्रतिशत थियो।

असोजमा ब्याजदर स्थिर राख्नेमा प्रभु, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा र सिद्धार्थ बैंक रहेका छन्। यी बैंकले भदौकै ब्याजदरलाई असोजमा निरन्तरता दिएका छन्।

भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा प्रभुले ६.१० प्रतिशत, ग्लोबल आइएमईले अधिकतम ६.२५ प्रतिशत, माछापुच्छ्रेले ६.५० प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६.५० प्रतिशत र सिद्धार्थ बैंकले ६.५० प्रतिशत ब्याजदर दिएका थिए।

त्यस्तै लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्डले पनि ब्याजदर स्थित राखेका छन्। यी बैंकले असोजमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम क्रमशः ६.५० प्रतिशत र ७ प्रतिशत दिने भएका छन्।

प्रकाशित: ३१ भदौ २०८१ १२:१२ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast