लागुऔषध कारोबारमा पक्राउ परेका ढाकाकुमार धरौटीमा छुटे

हिमाल प्रेस १० असोज २०८१ १५:२४ | Thursday, September 26, 2024
लागुऔषध कारोबारमा पक्राउ परेका ढाकाकुमार धरौटीमा छुटे ढाकाकुमार श्रेष्ठ

काठमाडौँ- लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका निष्कासित पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत कास्कीले उनलाई बुधबार ७५ हजार रुपैयाँ धरौटी तोकेको थियो। अदालतको आदेशअनुसार ७५ हजार रुपैयाँ बुझाएर उनी छुटेका हुन्।

जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजालसले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो। उनी प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा भदौ २७ गते पक्राउ परेका थिए।

श्रेष्ठको पोखरा पृथ्वीचोकस्थित दिया फार्मेसीले प्रतिबन्धित लागुऔषध बेच्ने गरेको सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अनुसन्धान बढाएको थियो। अनुसन्धानको क्रममा प्रतिबन्धित औषधि बेचेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला अदालत कास्कीमा असोज ७ मा ढाकाकुमारसहित ४ जनालाई प्रतिवादी बनाएर लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो।

प्रकाशित: १० असोज २०८१ १५:२४ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast