सरकारबाट बाहिरिनु माओवादीका लागि अवसर : देवेन्द्र पौडेल

हिमाल प्रेस १२ भदौ २०८१ १९:०१
12
SHARES
सरकारबाट बाहिरिनु माओवादीका लागि अवसर : देवेन्द्र पौडेल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले सरकारबाट बाहिरिनुपर्दा माओवादीलाई कुनै पीडा भएको बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले सरकारबाट बाहिरिएपछि जनतामा जाने र पार्टी बलियो बनाउने अवसर प्राप्त भएको बताएका हुन्।

सत्तामा रहँदा माओवादी पार्टी फुट्ने वा जनताको मत घट्ने देखिएको उनले बताए। उनले जनताको पक्षका मुद्दा र एजेण्डा उठाउनका निम्ति प्राप्त अवसरलाई सदुपयोग गर्ने जिकिर गरे।

उनले अहिलेको अवस्थामा नेपाली कांग्रेसले निष्पक्षतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १२ भदौ २०८१ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =