सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनुपर्छ : देवेन्द्र पौडेल

हिमाल प्रेस २९ जेठ २०८१ १४:११
10
SHARES
सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनुपर्छ : देवेन्द्र पौडेल

काठमाडौँ- पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।

उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अफ्ठ्यारामा परेका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिने सांसद पौडेलको भनाइ छ।

उनले प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउने काममा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए।

सांसद पौडेलले श्रम र सीपबिनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न पनि सरकारलाई सचेत गराए।

प्रकाशित: २९ जेठ २०८१ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =