विधेयकहरू विचौलियाले ड्राफ्ट गरे : सोविता गौतम

हिमाल प्रेस १२ भदौ २०८१ १६:२२
28
SHARES
विधेयकहरू विचौलियाले ड्राफ्ट गरे : सोविता गौतम सांसद सोविता गौतम

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले विधेयकहरूको मस्यौदा विचौलियाहरूले ड्राफ्ट गर्ने गरेको आरोप लगाउँदै आपत्ति जनाएकी छन्।

बुधबारको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले मस्यौदा बनाउने जिम्मा कानुन आयोगको भए पनि साउन ३२ गते संसद्‌मा दर्ता भएको एउटा विधेयकको ड्राफ्ट गर्ने जिम्मा पायोनेल ल अशोसिएटले गरेको पाएको भन्दै आपत्ति जनाइन्।

‘साउनको ३२ गते जुन विधेयक दर्ता भएको छ संसद्‌मा त्यो दर्ता भएको विधेयक भर्खरै थाहा भयो। त्यो बाहिर कतै ड्राफ्ट भएर आएको भन्ने कुरा छ। बनाउनुपर्ने जिम्मेवारी त मन्त्रालयको हो। मन्त्रालयले कानुन आयोगसँग समन्वय गर्नुपर्ने हो, तर साउन ३२ गते संसद्‌मा दर्ता भएको विधेयक संसद्‌मा छलफलका लागि आयो,’ उनले भनिन्, ‘ त्यसमा स्पष्टसँग पायोनेल ल अशोसिएटले ड्राफ्ट गरेको भन्नेकुरा स्पष्ट छ। मस्यौदा भनेको कानुन आयोगले नै गर्नुपर्छ। यसको अन्तिम जिम्मेवारी मन्त्रालयले लिने हो। बाहिर ड्राफ्ट गर्ने विचौलिया, कन्सलटेन्सी कसैलाई भन्ने काम बन्द गर्नुपर्छ।’

समितिको बैठकमा बोल्दै कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदामामा छलफल जारी रहेको र परिमार्जन गर्ने सवालमा धेरै महत्त्वपूर्ण कुराहरू उठेको बताए।

‘विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदामा हामी छलफलमा छौं। यस सम्बन्धमा र यसलाई परिमार्जन गर्ने सवालमा धेरै महत्त्वपूर्ण कुराहरू उठेको छ,’ उनले भने, ‘ थप कुराहरू छलफलबाट नै सुनिश्चित हुनेकुरामा म ढुक्क छु।’

प्रकाशित: १२ भदौ २०८१ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =