आमरण अनशनमा बस्नु ‘स्टन्ट’ हो : मुख्यमन्त्री सिंह

हिमाल प्रेस ४ भदौ २०८१ २०:१३
16
SHARES
आमरण अनशनमा बस्नु ‘स्टन्ट’ हो : मुख्यमन्त्री सिंह मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह। तस्बिर : रासस

जनकपुरधाम- मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले कमला पुल निर्माणका लागि प्रदेश सरकार आफैँ गम्भीर रहेको समयमा युवाहरू आमरण अनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिएका छन्। उनले प्रदेश सरकार आफैँ कमला पुल निर्माणका लागि पहल द्रुत गतिमा गरिरहँदा समेत सीधै आएर आमरण अनशनमा बस्नु स्टन्ट जस्तो लागिरहेको आरोप लगाएका हुन्।

‘गत साउन २७ गते नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाका साथीहरुले मलाई एक सूत्रीय माग राखेर ज्ञापन पत्र बुझाउनु भएको थियो,’ मुख्यमन्त्री सिंहले भने ‘उहाँहरुकै ज्ञापन पत्रमा एक साताभित्र नयाँ पुल निर्माण सम्भव नरहेको र यसका लागि संघ सरकारसंग पहल गर्न भन्नु भएको रहेछ।’

मुख्यमन्त्री सिंहले अगाडि भने, ‘उनीहरूको मागलाई गम्भीरताका साथ लिएर सोही दिन हामीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई बोधार्थ राखेर संघीय भौतिक पूर्वाधारलाई मागसहित पत्र पनि लेखिसकेका छौँ।’

यसका साथै मधेस सरकारको गत साउन ३१ गते बसेको मन्त्रिपरिषद् बैठकबाट हुलाकी राजमार्गअन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि माग गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए। उनले संघ सरकारले कमलामा पुल निर्माण नगरे प्रदेश सरकार आफैँ त्यहाँ बजेट छुट्याएर पुल निर्माण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल अगाडि बढाइसकिएको जानकारी दिए।

प्रकाशित: ४ भदौ २०८१ २०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + seven =