नाेभेम्बरदेखि विदेशी कामदारको नयाँ श्रम स्वीकृति खुलाउँदै मलेसिया

हिमाल प्रेस ३ भदौ २०८१ १२:१२
86
SHARES
नाेभेम्बरदेखि विदेशी कामदारको नयाँ श्रम स्वीकृति खुलाउँदै मलेसिया क्वालालम्पुरस्थित निर्माण क्षेत्र नजिकै हिँडिरहेका विदेशी कामदार। तस्बिर साभार : द स्टार

काठमाडौँ- मलेसिया सरकारले आगामी नाेभेम्बरदेखि विदेशी कामदारकाे नयाँ श्रम स्वीकृति खुलाउने भएको छ। मलेसियाले गत मे ३१ देखि अनैतिक गतिविधि र अपराध बढेपछि विदेशी कामदारको नयाँ श्रम स्वीकृति रोकेको थियो।

मलेसियाको कृषि, उद्योग, निर्माण क्षेत्र र सुरक्षा गार्डमा श्रमिकको अभाव भएपछि विदेशी कामदारका लागि नयाँ श्रम स्वीकृति खुलाउन लागिएको मलेसियाली सञ्चारमाध्यामले जनाएका छन्।

मलेसियाको गृह मन्त्रालयले गत शुक्रबार विदेशी कामदारको कोटा स्वीकृति र अधिकार आफू माताहतमा लिएको हो। मलेसियाली मानव संसाधन मन्त्रालयअन्तर्गत रहेको विदेशी कामदारको कोटा स्वीकृति गर्ने वैदेशिक श्रमिक व्यवस्थापन महाशाखा (बीपीपीए) लाई गृह मन्त्रालयमा गाभिएको छ।

मलेसिया रोजगारीमा जाने विदेशी कामदारको अनुगमन र नियमन त्यहाँको गृह मन्त्रालयले गर्ने भएको छ। मलेसियाली गृह मन्त्रालयले विदेशी कामदारको नयाँ श्रम स्वीकृति खुलाउन त्यहाँका रोजगारदाता र ट्रेड युनियनसँग छलफल गरिरहेको समाचारमा जनाइएको छ।

मलेसियामा २३ लाखभन्दा बढी विदेशी कामदार कार्यरत छन्। जसमा ११ लाख विदेशी कामदार अवैध बसेर काम गरिरहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। कृषि, औद्योगिक, निर्माण, सेवा, वृक्षरोपण, कृषि, घरेलु रोजगारी र खानी तथा उत्खनन क्षेत्रमा २३ लाख ७ हजार ७ सय ४६ विदेशी कामदार रहेको मलेसियाको मानव संसाधन मन्त्रालयले २०२४ मा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

मलेसियाको रोजगार बन्द हुँदा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारका संख्या गत आर्थिक वर्षमा घटेको विभागको तथ्यांकमा छ। अघिल्लो आर्थिक वर्षमा मलेसिया रोजगारीमा खुल्दा करिब सात लाख ८० हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए।

प्रकाशित: ३ भदौ २०८१ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =