‘बुलाकी’ को गीत ‘रातले कुर्या चन्द्रमा’

हिमाल प्रेस २९ साउन २०८१ १३:२६
28
SHARES
‘बुलाकी’ को गीत ‘रातले कुर्या चन्द्रमा’

काठमाडौँ- फिल्म ‘बुलाकी’ को ‘रातले कुर्या चन्द्रमा’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा अन्नु चौधरी र नेपाल आइडल सिजन पाँचका विजेता करण परियारको स्वर छ।

बाबुल गिरीले संगीत भरेको गीतको भिडियोमा अभिनेता सुरक्षा पन्त र अभिनेता विराज बिष्टको अभिनय छ। लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म साउन ३२ पुनः प्रदर्शन हुनेछ।

राजबहादुर सानेको कथा रहेको फिल्ममा नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्धिप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङलगायतका कलाकारको अभिनय छ।

प्रकाशित: २९ साउन २०८१ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eight =