स्याङ्जा : ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

हिमाल प्रेस २७ साउन २०८१ २०:४०
20
SHARES
स्याङ्जा : ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

पोखरा- स्याङ्जाको चापाकोटमा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका-४, देवीस्थान घर भई हाल चापाकोट-१०, बोटेटार बस्ने २८ वर्षीय महेन्द्र दमाई हुन्।

आइतबार साँझ ६ बजे चापाकोट-१०, बायोडाँडास्थित भित्री सडकमा बारीकुनाबाट माटो लिई चापाकोटतर्फ आउँदै गरेको लु ४ त २२१ नम्बरको ट्रयाक्टर अचानक सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते चालक दमाईको उपचारका क्रममा चापाकोट अस्पतालमा साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रकाशित: २७ साउन २०८१ २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =