हलमा ‘नम्बरी सुन’ र ‘बोर्डरल्याण्ड्स’

हिमाल प्रेस २५ साउन २०८१ १६:४३
16
SHARES
हलमा ‘नम्बरी सुन’ र ‘बोर्डरल्याण्ड्स’

काठमाडौँ- साउन २५ देखि हलमा एक नेपाली र एक हलिउड फिल्म प्रदर्शन भइरहेको छ। नेपाली ‘नम्बरी सुन’ र हलिउड ‘बोर्डरल्याण्ड्स’।

‘नम्बरी सुन’का निर्देशक राजु गिरी हुन्। फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ।

फिल्ममा सुन बनाउने नारायण खातीको शब्द रचना, कथा र प्रस्तुति रहेको फिल्ममा शिवम अधिकारीको पटकथा र संवाद छ। दिव्य सुवेदीको छायांकन रहेको फिल्म गौतमराज खड्काले सम्पादन गरेका छन्।

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत छ। सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल हुन्। सोसल र ड्रामा जनरामा बनेको फिल्ममा गाउँमा सुन बनाउँदै हिड्नेको कथा र प्रेमसम्बन्धलाई प्रस्तुत गरिएको छ।

त्यस्तै हलिउड फिल्म ‘बोर्डरल्याण्ड’ का निर्देशक एलि रोथ हुन्। फिल्म एक्सन, कमेडी र एड्भेन्चर जनरामा बनेको छ। फिल्ममा केट ब्लान्चेट, एरियाना ग्रीनब्लाट, हेलेनी बानेट ज्याक ब्ल्याक, जेमी ली कर्टिस, जिना गेर्शोनलगायत कलाकारको अभिनय छ।

प्रकाशित: २५ साउन २०८१ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =