आगामी संसद् बैठकमा टीआरसी विधेयक पेस गर्न पत्राचार

हिमाल प्रेस २५ साउन २०८१ १४:५९
16
SHARES
आगामी संसद् बैठकमा टीआरसी विधेयक पेस गर्न पत्राचार

काठमाडौँ- टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ।

उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक)माथि दफावार छलफल भई पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी हुन्।

प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफाबार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो। समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पास भएको हो।

प्रकाशित: २५ साउन २०८१ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast