विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

हिमाल प्रेस २४ साउन २०८१ १९:३७
200
SHARES
विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश सर्वोच्च अदालत

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सरकारको सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

ऊर्जा मन्त्रालयले साउन १८ गते प्राधिकरणका सञ्चालक सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको थियो। उनीहरूको ठाउँमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्त गरिएको थियो।

प्रकाशित: २४ साउन २०८१ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =