बागलुङ बडिगाड पहिरो : घाइते सबैको उद्धार गरेर काठमाडौँ लगियो

हिमाल प्रेस २३ साउन २०८१ १०:४३
16
SHARES
बागलुङ बडिगाड पहिरो : घाइते सबैको उद्धार गरेर काठमाडौँ लगियो

बागलुङ- बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीनजनाको उद्धार भएको छ। उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ।

स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा छजनाको मृत्यु भएको थियोभने १० जना घाइते भएका थिए। हाल चारजना बेपत्ता छन्। प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पुर्‍याउन सकिएको थिएन। नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए।

तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिए। अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको छ।

प्रकाशित: २३ साउन २०८१ १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =