बागलुङमा एकै रात छ घरमा चोरी

हिमाल प्रेस २३ मंसिर २०८० २०:१८
8
SHARES
बागलुङमा एकै रात छ घरमा चोरी सांकेतिक तस्बिर।

बागलुङ- बागलुङमा एकै रात छ घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरबाट सुनसहित पाँच लाख रुपैयाँ बराबरको चोरी भएको हो। गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन्।

बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी चाेरी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।

रातको २ देखि ३ बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट ६० हजार, खरेल भाडा पसल तथा हार्डवयरबाट १५ हजार, जलजला होटलबाट १० हजार, मायालु होटलबाट पाँच हजार, कक्षपति स्टोर्सबाट चार हजार रुपैयाँ चोरी भएको अध्यक्ष अधिकारीले बताइन्।

सबै घरका ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाइ छ। चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी भएको उनको भनाइ छ।

चोरी भएको खरेल भाँडा पसल तथा हार्डवयरको सीसी क्यामेरामा एक अर्धबैंशे पुरुष अनुहारमा मुकुण्डो लगाएर झोला बोकेको र पीपीई लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रासहित चोरी गरेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले सीसी क्यामराद्वारा घटनाको सुक्ष्म अनुसन्धान गरिने बताए।

चोरी भएको ठाउँमा प्रहरीलाई सादा पोशाकमा खटाइने र सीसी टीभी फुटेज फेला परेको हुँदा त्यसलाई आधार बनाएर अनुसन्धान अगाडि बढाएको केसीको भनाइ छ। रासस

प्रकाशित: २३ मंसिर २०८० २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =