जोगवनी नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिकलाई फिर्ता पठाइयो

हिमाल प्रेस २२ साउन २०८१ २०:३६
80
SHARES
जोगवनी नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिकलाई फिर्ता पठाइयो

इटहरी- विराटनगरस्थित रानी-जोगवनी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने एक बंगलादेशी नागरिकलाई फिर्ता पठाइएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भारतको जोगवनी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले मंगलबार (आज) फिर्ता पठाएको हो।

बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गर्न केन्द्रीय सुरक्षा समितिको बैठकले निर्देशन दिएको थियो। निर्देशनसँगै कडाइ गर्नका लागि नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी बस्नेतले जानकारी दिए।

उत्तम भारतीय नागरिकको समूहमा मिसिएर अनाधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेका थिए। उनलाई विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट भारततर्फ नै फिर्ता पठाइएको बस्नेतले जानकारी दिए।

नाकामा जाँच गर्ने क्रममा उनको साथबाट बंगलादेशको नागरिक रहेको परिचय पत्र भेटिएको प्रहरीले जनाएको छ। अहिले त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँचलाई कडाइ गरेको छ।

प्रकाशित: २२ साउन २०८१ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast