नेपाली दूतावासले भन्यो : धेरै नेपाली घर फर्किसके, चारसय ढाकामै सुरक्षित छन्

हिमाल प्रेस २१ साउन २०८१ १४:०१
20
SHARES
नेपाली दूतावासले भन्यो : धेरै नेपाली घर फर्किसके, चारसय ढाकामै सुरक्षित छन् बंगलादेशमा भइरहेको आन्दोलन।

काठमाडौँ- बंगलादेशमा जारी विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका अधिकांश नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बंगलादेशमै रहेका करिब ४ सय विद्यार्थीसहित नेपालीहरू सुरक्षित रहेको उल्लेख गरेको छ।

उनीहरू सबै दूतावाससँगको समन्वयमा रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ। ‘बङ्‍गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरूसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ,’ दूतावासले विज्ञप्तिमार्फत भनेको छ।

विद्यार्थीको आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रर्दशन भइरहेको, बङ्‍गलादेश सरकारबाट हाल अनिश्‍चितकालीन कर्फ्यु आदेशसमेत जारी भएको लगायतका जानकारी गराउँदै दूतावासले नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा समस्यामा परेका नेपालीले दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीमार्फत सम्पर्कमा आउन आग्रह गरेको छ।

 

प्रकाशित: २१ साउन २०८१ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =