नेसपाले तोक्यो २५ विभाग प्रमुख : हिसिला आर्थिक व्यवस्थापन, मानुषी प्रचार विभाग

हिमाल प्रेस २० साउन २०८१ १६:५३
282
SHARES
नेसपाले तोक्यो २५ विभाग प्रमुख : हिसिला आर्थिक व्यवस्थापन, मानुषी प्रचार विभाग

काठमाडौँ-  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ विभाग प्रमुख चयन गरेको छ। पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले पार्टीको विभाग प्रमुखहरू चयन गरेको हो। साउन १६ गते पार्टीको महाधिवेशन समिति केन्द्रीय सचिवालय बैठक बसेको थियो। उक्त बैठकले नै विभिन्न संगठनहरूको गठन तथा पुनर्गठन गरेको पार्टी प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।

जसअनुसार संगठन विभाग प्रमुख सोनामसिंह स्याङ्दान, प्रशिक्षण विभाग प्रमुख महेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रिय विभाग दुर्गा सोब, आर्थिक व्यवस्थापन विभाग प्रमुखमा हिसिला यमी, उत्पादन तथा स्वरोजगार विभाग प्रमुखको भक्तबहादुर शाह, प्रचारप्रसार तथा सूचना प्रविधि विभाग प्रमुख मानुषी यमी भट्टराई तोकिएकी छन्।

त्यस्तै केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुखमा रोशन पोखरेल र व्यवस्थापिका तथा राज्य व्यवस्था विभाग प्रमुखको जिम्मेवारी फणिन्द्र देवकोटालाई दिइएको छ।

केन्द्रीय विज्ञ परिषद्‌मा ललितपुरका पी श्रेष्ठ, काठमाडौंका कपिल काफ्ले, गोरखाका शारदाप्रसाद धिताल, हङकङमा रहेका श्याम ईधामको नाम थप गरिएको पार्टीले जनाएको छ।

निर्वाचन आयोग प्रमुखमा रामकुमार पुरी, अनुशासन आयोग प्रमुखमा रामबहादुर बोहोरालगायत मनोनीत गरिएको छ। साउन १६ को बैठकमा नेताहरूले आफ्नो कार्यक्षेत्रको रिपोर्ट पनि पेस गरेको नेसपाले जनाएको छ।

 

प्रकाशित: २० साउन २०८१ १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =