बस्ती जोगाउन श्रमदानबाट तटबन्ध निर्माण

हिमाल प्रेस २० साउन २०८१ १०:३२
8
SHARES
बस्ती जोगाउन श्रमदानबाट तटबन्ध निर्माण

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ ।

खोला नौखरी मुक्तकमैया बस्तीतर्फ सोझिएपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा स्थानीयले श्रमदान गरेर तटबन्ध बनाएका हुन्। समूहले तारजाली र ढुंगाको व्यवस्था गरेको थियो। बस्तीका ६० जना बढीले तीन दिनसम्म श्रमदान गरेर ६० मिटर लामो तटबन्ध निर्माण गरेका हुन्।

नौखरीमा मुक्तकमैंया परिवारको बसोबास छ। तटबन्धबाट दुई सय परिवारको जग्गा जोगिएको छ। सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बस्ती जोगाउनु आफूहरूको कर्तव्य भएको बताउँदै तारजाली खरिद र ढुंगा ढुवानीमा पाँच लाख खर्च भएको जानकारी दिए।

प्रकाशित: २० साउन २०८१ १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =