बाघको आक्रमणबाट नदी किनारमा हिँडिरहेका व्यक्ति घाइते

हिमाल प्रेस २० साउन २०८१ ७:५२
6
SHARES
बाघको आक्रमणबाट नदी किनारमा हिँडिरहेका व्यक्ति घाइते

चितवन- बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन्। प्रातभ्रमणका क्रममा उनी बाघको आक्रमणमा परेका हुन्।

भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ।

प्रकाशित: २० साउन २०८१ ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =