संविधान संशोधनको माग गर्दै नेपाल बारले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हिमाल प्रेस १८ साउन २०८१ १८:२७
12
SHARES
संविधान संशोधनको माग गर्दै नेपाल बारले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधनको माग गर्दै ज्ञानपन पत्र बुझाएको छ। वार अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले संविधान संशोधनको बारेमा प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको हो।

कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलनले गत जेठको पहिलो साता ३८ बुँदे माग सहित काठमाडौँ घोषणापत्र जारी गरेको थियो। सम्मेलनले न्यायपालिकाको स्वतन्त्रता, सङ्घीयता कार्यान्वयन र चुस्त सेवा प्रवाहका लागि न्यायपालिकाको पुनर्संरचना हुनुपर्ने अवधारणा अघि सारेको थियो।

कांग्रेस र एमालेले सत्ता साझेदारीका साथसाथै संविधान कार्यान्वयनका क्रममा देखिएका अड्चनको पहिचान गर्ने र संविधान संशोधनको पहल गर्ने समझदारीका साथ राजनीतिक सहमति गरेका थिए। त्यसबाट उत्साहित बारको टोलीले शुक्रवार ज्ञापन पत्र बुझाएको हो।

प्रकाशित: १८ साउन २०८१ १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =