कक्षा १२ को नतिजा : कतिले ल्याए उत्कृष्ट जीपीए, कतिको ननग्रेड? [तालिकासहित]

हिमाल प्रेस १८ साउन २०८१ १२:५८
622
SHARES
कक्षा १२ को नतिजा : कतिले ल्याए उत्कृष्ट जीपीए, कतिको ननग्रेड? [तालिकासहित]

काठमाडौँ- कक्षा १२ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार उत्तीर्ण हुने छात्राको संख्या एक लाख नौ सय ९७ र छात्रको संख्या एक लाख दुई हजार आठ सय ३२ छ।

नौ हजार ५९१ विद्यार्थीले तीन दशमलब ६१ देखि चार जीपीएसम्म ल्याएका छन्। यसअन्तर्गत कोशीमा ८५६ जना, मधेशमा २५० जना, बागमतीमा ६ हजार ७५३ जना विद्यार्थी छन्। यसैगरी गण्डकीमा ५४४, लुम्बिनीमा एक हजार ४४, कर्णालीमा २४ र सुदूरपश्चिम प्रदेशमा १२१ जना विद्यार्थीले तीन दशमलब ६१ देखि चार जीपीए सम्म ल्याएका छन्। यसमा पाँच हजार ५४७ छात्र र चार हजार ४४ छात्रा छन्।

तीन दशमलब २१ देखि तीन दशमलब ६० सम्म जीपीए ल्याउने विद्याथीको संख्या ४६ हजार आठ सय ९३ रहेको बोर्डले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। दुई दशमलब ८१ देखि तीन दशमलब २९ सम्मको समूहमा ७८ हजार ७५ विद्यार्थी छन्।

नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार २१ विद्यार्थी ननग्रेडेड भएका छन्।

कसरी हेर्ने कक्षा १२ को नतिजा?

प्रकाशित: १८ साउन २०८१ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 12 =