१७ देशका राजदूतको संसदीय सुनुवाइ सुरु हुँदै

हिमाल प्रेस २९ साउन २०८१ ८:१५ | Tuesday, August 13, 2024
१७ देशका राजदूतको संसदीय सुनुवाइ सुरु हुँदै

काठमाडौँ- विभिन्न १७ देशमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ मंगलबारबाट सुरु हुँदैछ।

आज मध्यान्ह १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको ९संयुक्त० बैठकमा सुनुवाइ हुन लागेको संसद् सचिवालयले जनाएको छ।

साउन १४ गतेको मन्त्रिपरिषद्को बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो। संसदीय सुनुवाइका लागि पठाइएको सूचीमा अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालको नाम भने समावेश छैन।

परराष्ट्र मन्त्रालयले आइतबार १७ जना प्रस्तावित राजदूतहरुको नाम सुनुवाइका लागि पठाएको थियो।

सरकारले शंकर प्रसाद शर्मालाई भारत, नरेशविक्रम ढकाललाई साउदी अरब, प्रा डा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, प्रा। धनप्रसाद पण्डितलाई इजरायल, रामकृष्ण भट्टराईलाई श्रीलंका, सनिल नेपाललाई स्पेन, शैल रुपाखेतीलाई जर्मनी, लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरेलाई बेलायत, डा। शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरिया, जङ्गबहादुर चौहानलाई रुस, रमेशचन्द्र पौडेललाई कतार, प्राडा कृष्णप्रसाद ओलीलाई चीन, सुम्निमा तुलाधरलाई डेनमार्क, डा। नेत्रप्रसाद तिमल्सिनालाई मलेसिया, प्रकाशमणि पौडेललाई पोर्चुगल र रीता धिताललाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिले प्रारम्भिक बैठकबाट प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्नेछ। उजुरीको समयसीमा सकिएपछि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ  भने त्यसपछि प्रस्तावित राजदूतको सुनुवाइ हुनेछ।

प्रकाशित: २९ साउन २०८१ ८:१५ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast