सोलुको थामेमा विद्युत सेवा सञ्चालनमा ल्याउन ऊर्जामन्त्रीको निर्देशन

हिमाल प्रेस २ भदौ २०८१ १७:१२ | Sunday, August 18, 2024
सोलुको थामेमा विद्युत सेवा सञ्चालनमा ल्याउन ऊर्जामन्त्रीको निर्देशन ऊर्जामन्त्री दीपक खड्का

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा तत्काल विद्युत व्यवस्था गर्न निर्देशन दिएका छन्।

ऊर्जामन्त्री खड्काले आइतबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामेमा विद्युत अवरुद्ध भएको भन्दै तत्काल विद्युतकाे व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ। बाढीले विद्युत गृहमा क्षति पुर्‍याएपछि विद्युत सेवा अवरुद्ध बनेको छ। बाढीका कारण खुम्बु बिजुली कम्पनीको हेडवर्क्समा क्षति पुग्न गई विद्युत सेवा अवरुद्ध हुँदा सो गाउँपालिका–३, ४ र ५ मा विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएको छ।

यसैबीच ऊर्जामन्त्री खड्काले ताप्लेजुङको पाथीभरा क्षेत्र आसपासमा भएको विद्युत अवरोधसमेत चाँडो सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिएका छन्। साथै ताप्लेजुङ र झापाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएपछि मन्त्री खड्काले चासो राखेका छन्।

प्रकाशित: २ भदौ २०८१ १७:१२ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast