‘सेना समायोजन र हतियार व्यवस्थापनको नेतृत्व गर्दा मेरो पार्टी फुट्यो’

हिमाल प्रेस ३० साउन २०८१ १४:२६ | Wednesday, August 14, 2024
‘सेना समायोजन र हतियार व्यवस्थापनको नेतृत्व गर्दा मेरो पार्टी फुट्यो’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंं पूर्वपधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेना समायोजन र हतियार व्यवस्थापन प्रक्रिया अगाडि बढाउँदा आफ्नो पार्टी फुटेकाे बताएका छन्।

प्रतिनिधिसभामा बुधबार टीआरसी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘ठूलो मात्राको सेना, ठूलो मात्राको आधुनिक हतियारको व्यवस्थापन निकै जटिल थियो, यदि नेतृत्वले जोखिम नउठाएको भए, नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए, व्यवस्थापन सेना समायोजन गर्न सम्भवन थिएन,’ प्रचण्डले भने।
प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थानको नेतृत्व गर्दा आफ्नो पार्टी फुटेको बताए।

‘भोलि बिहानसम्म पर्खियो भने बिहानसम्म दुर्घटना हुनसक्छ, क्यान्टोनमेन्टमा खुनखराबा हुन पनि सक्छ, त्यसैले आजकै राति हतियार व्यवस्थापन हुनुप¥यो, सेना समायोजन हुनुप¥यो भनेपछि, ११ बजे रातिपछि यो काम सम्पन्न गरियो,’ उनले भने,‘विना कुनै खुनखराबा, विना कुनै जटिलता यो काम गरियो। एउटामात्र क्षति मैले नेतृत्व गरेको पार्टीले बेहोर्नुप¥यो, मेरो पार्टी विभाजित भयो।’

नेपालको शान्ति प्रक्रिया अनुपम र मौलिक रहेको बताउँदै उनले यसमा अरू देशको नक्कल नरहेको दाबी गरे।

शान्ति प्रक्रियामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुका साथै फौजीहरूको व्यवस्थापन पनि सहज ढंगबाट गरिएको उनले बताए।

प्रकाशित: ३० साउन २०८१ १४:२६ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast