कमलबहादुर शाह। 
                                            काठमाडौँ- सुदुरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्। शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्। नेपाली कांग्रेस-नेकपा एमालेसहितको नयाँ गठबन्धन केन्द्रमा बनेसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको हो।
सोहीअनुसार यहाँ एमालेको प्रस्तावमा कांग्रेसका शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे। सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आह्वान गरेका थिए। आइतबार अपराह्न ५ बजेभित्र दाबी पेस गर्न उनले समय दिएका थिए।
                            प्रकाशित: २० साउन  २०८१ १३:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

