साफ यू-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भारत र बंगलादेश भिड्दै

हिमाल प्रेस १० भदौ २०८१ ७:०५ | Monday, August 26, 2024
साफ यू-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि भारत र बंगलादेश भिड्दै

काठमाडौँ- साफ यू-२० च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा आज (सोमबार)साविक विजेता भारत र बंगलादेश भिड्दैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ। भारत समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो।

च्याम्पियनसिपमा भारत अपराजित छ। बंगलादेश भने समूह ‘ए’ को उपविजेता टोलीको रूपमा सेमिफाइनल खेल्न लागेको हो। समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो।

यो खेलको विजेताले उपाधिका लागि घरेलु टोली नेपालको सामना गर्नेछ। नेपाल पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। फाइनल खेल बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ।

प्रकाशित: १० भदौ २०८१ ७:०५ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast