सहकारी छानबिन समितिले लियो जेलमा रहेकालाई पनि बयान

हिमाल प्रेस २७ साउन २०८१ ७:२६ | Sunday, August 11, 2024
सहकारी छानबिन समितिले लियो जेलमा रहेकालाई पनि बयान नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बासँग नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गर्दै सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति। तस्बिर : सूर्य थापा फेसबुक

काठमाडौँ- सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरण संम्लग्न चार जना अभियुक्तहरूसँग बयान लिएको छ। शनिबार बसेको समितिको ३४ औं बैठकले विभिन्न सहकारीमा आबद्ध रहेका उनीहरूलाई जेलबाट झिकाएर बयान लिइएको समितिका अध्यक्ष सूर्य थापाले जानकारी दिए।

पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य तथा ऋणी केदारनाथ शर्माकी श्रीमती गीता शर्मा र तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग बयान लिइएको थापाले जनाए।

लामा र शर्मालाई केन्द्रीय कारागार जगन्नाथ देवलबाट झिकाइएको थियो । यस्तै सुब्बा र केदारनाथलाई नख्खु जेलबाट बैठकमा झिकाइएको थियो। विशेष समितिको कार्यविधिअनुसार उनीहरुसँग बयान लिइएको थापाले बताए।

प्रकाशित: २७ साउन २०८१ ७:२६ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast